काठमाडौं । बेलायतका राजा चार्ल्सका भाइ एन्ड्र्यु माउन्टबेटनलाई सार्वजनिक पदको दुरुपयोग गरेको आशंकामा गिरफ्तार गरिएको छ ।

पूर्वयुवराज माउन्टबेटनलाई आज विहान नरफकस्थित स्याड्रिङ्घमबाट पक्राउ गरिएको हो । अमेरिकी यौन दुराचारी सञ्जालका जेफरी एपस्टिनको गिरोहसँग मिलेर किशोरीहरुमाथि यौन दुराचार गरेको प्रकरणमा उनी तानिएका थिए ।
माउन्टबेटनलाई गत वर्ष राजकुमारको पदबाट बर्खास्त गरिएको थियो ।











