Logo
Logo

तेहरानका बासिन्दाहरूलाई राजधानी छाड्न राष्ट्रिय सुरक्षा परिषद्को आग्रह


819
Shares

काठमाडौं । इरानको राष्ट्रिय सुरक्षा परिषद्ले तेहरानका बासिन्दाहरूलाई राजधानी छाड्न आग्रह गरेको छ । इजरायल र अमेरिकाले देशमाथि आक्रमण जारी राखेपछि सुरक्षा परिषद्ले स्थानीय नागरिकलाई राजधानी तेहरान छाड्न आग्रह गरेको हो ।

परिषद्ले जारी गरेको एक वक्तव्यमा वर्तमान अवस्थालाई ध्यानमा राख्दै सम्भव भएसम्म र शान्ति कायम राख्दै अन्य स्थान र सहरहरूतर्फ यात्रा गर्न अनुरोध गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले जनाएको छ ।

इरानको राजधानी तेहरान तथा देशका विभिन्न सहरहरूमा धेरै विस्फोटका आवाजहरू सुनिरहेका छन् । तेहरानस्थित इरानका सर्वोच्च नेता आयातुल्लाह अल खामनेईको कार्यालय र राष्ट्रपतिको कार्यालयलाई पनि निशाना बनाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्