Logo
Logo

इरान आक्रमणपछि विश्व तेल बजार र अर्थतन्त्रमा जोखिम


630
Shares

काठमाडौं । अमेरिका र इजरायलले शनिवारदेखि इरानमा गरेको आक्रमणपछि पुरै मध्यपूर्व युद्धमा होमिने संकेत देखिएको छ । अमेरिका र इजरायलको आक्रमणमा आफ्ना सर्वोच्च नेतासहित ४० भन्दा बढी नेता र सुरक्षा प्रमुखहरू गुमाएपछि इरानले इजरायल मात्र होइन अमेरिकालाई सैन्य आधार स्थल बनाउन दिने युएई, साउदी अरब, कुवेत, कतार, बहराइनसम्म इरानले आक्रमण गरिरहेको छ ।

The current image has no alternative text. The file name is: iran-1.jpg

इरानले दुबईसहितका व्यापारिक सहरमा आक्रमण गरेपछि युएईले प्रति आक्रमण गर्ने चेतावनी दिएको छ । अब इरानले मध्यपूर्वका तेल केन्द्रहरूलाई पनि निशाना बनाउने बताएको छ ।  

हॉर्मुजको साँघुरो समुद्री मार्ग अहिले विश्वको तेल आपूर्तिमा सबैभन्दा संवेदनशील क्षेत्र बनेको छ । यहाँबाट विश्वको आवश्यकताभन्दा करिब २० प्रतिशत तेल यात्रा गर्छ । इरानले यस मार्गको ठूलो हिस्सा नियन्त्रण गर्छ, जसले गर्दा यहाँको राजनीतिक स्थिति र सुरक्षा सिधै विश्व बजारमा असर गर्छ । हालै अमेरिका र इजरायलको हमला पछि यस क्षेत्रको तनाव बढेको छ र वैश्विक अर्थतन्त्रमा अनिश्चितता उत्पन्न भएको छ ।

आइतबार मात्र इरानले यस क्षेत्रमा रोक लगाउँदै कम्तीमा दुई तेल बोकेका जहाजलाई आक्रमण गरेको बताइएको छ ।

अर्कोतर्फ अमेरिकाको ईरानसँगको सम्बन्ध सधैँ नै सत्ता परिवर्तनको लक्ष्यमा केन्द्रित रहँदै आएको छ । १९७९ मा अमेरिकी दूतावास कब्जा हुनु, जर्ज डब्ल्यू बुशको ‘अक्सिस अफ इभिल’ घोषणा, ट्रम्प प्रशासनको आर्थिक दबाब आदि घटनाले अमेरिका  इरानको राजनीतिक संरचनामा हस्तक्षेपको सोचमा रहँदै आएको छ । ट्रम्पले दोस्रो कार्यकालमा इरानमा आन्तरिक विद्रोह बढेको देखेपछि अमेरिका आसपासका सैन्य ठिकानालाई अझ सुदृढ बनायो । इजरायलले पनि इरानको आन्तरिक विवादको फाइदा उठाउँदै अमेरिकासँग मिलेर रणनीतिक हमला सुरु गर्यो ।

विशेषज्ञहरू इरानको नेतृत्वले अब टकराब नियन्त्रणमा राख्नुपर्नेछ । मिसाइल आक्रमण र तीव्र प्रतिक्रिया इरानका लागि थप कठिनाइ निम्त्याउन सक्छ । खामीनी सधैँ आक्रामक रुखमा रहे पनि देशको क्षमता घट्दै गएको थियो । इरानले थप आक्रमण जारी राख्यो भने उसको लागि दीर्घकालीन टिकाउ रहन कठिन हुनेछ ।

अमेरिकाका रणनीतिक विश्लेषकहरू भन्छन्, यो हमला अमेरिका र इजरायलको साझा निर्णय थियो । इजरायलले दशकौंदेखि अमेरिकासँग मिलेर इरानमा कदम चाल्ने दबाब दिइरहेको थियो । नेशनल ईरानियन अमेरिकन काउन्सिलका अध्यक्ष जमाल अब्दीका अनुसार, नेतन्याहूको उद्देश्य सधैँ कूटनीतिक समाधानलाई रोक्ने र युद्धलाई अघि बढाउने भएको छ ।

विशेषज्ञहरू इरानको राजनीतिक संरचना यस प्रकारको टकरावका लागि पहिले नै तयार भएको थियो । खामीनीको हत्या वा सत्ता परिवर्तनको सम्भावना वास्तविक खतराको रूपमा देखिन्थ्यो । ट्रम्प प्रशासनले अधिकतम दबाब र तबाहीको रणनीति अपनाएको छ, जसले इरानी शासनलाई सम्झौता भन्दा समर्पणतर्फ धकेल्ने उद्देश्य राखेको थियो ।

अब अमेरिका र इजरायलले इरानको प्रमुख तहको नेतृत्वलाई सखाप परेको छ । यसको असर कुन तहसम्म पर्छ भन्ने अहिले नै अनुमान गर्न गाह्रो छ । इरानले बदला लिने भन्दै आक्रमण तीव्र बनाएको छ भने अमेरिका र इजरायलले इरानले थप आक्रमण गरेमा आफूहरूले अझ सशक्त आक्रमण गर्ने चेतावनी दिएका छन् । 

विश्व बजारमा यसको असर तत्काल देखिन थालिसकेको छ । तेल आपूर्तिमा रोकावट, बढ्दो अस्थिरता र युद्धको खतरा कच्चा तेलको मूल्यमा उतार९चढाव ल्याउँदै छ । उदाहरणका लागि, हॉर्मुज जलडमरूमध्य बन्द भएमा तेल आपूर्ति रोकिने भएकाले बजारमा ठूलो दबाब पर्न सक्छ । कपेओ प्लसका सदस्य देशहरूले उत्पादन वृद्धि गर्ने प्रयास गरेका छन्, तर यदि मार्ग बन्द रह्यो भने बजार स्थिर राख्न कठिन हुनेछ ।

विशेषज्ञहरूले खाड़ी क्षेत्रका देशमा बढ्दो सैन्य गतिविधि र मिसाइल आक्रमणले व्यापारिक जहाजहरूको सुरक्षा खतरा बढाएको छ । मार्श कन्सल्टेन्सीका समुद्री युद्ध विशेषज्ञ डिलन मोर्टिमरका अनुसार, मुख्य जोखिम फारस खाड़ी र अरब सागरमा केन्द्रित छ । इरानी बलले जहाज रोक्ने, जब्त गर्ने र हॉर्मुज जलडमरूमध्य बन्द गर्ने खतरा बढाउन सक्ने बताइएको छ ।

यदि ईरानसँगको यो द्वन्द्व बढ्यो भने तेलको मूल्य प्रति बैरल १०० डलरभन्दा माथि पुग्ने सम्भावना हुन्छ । यसले न केवल तेल बजार, तर विश्वव्यापी ऊर्जा मूल्य र आर्थिक स्थायित्वमा दीर्घकालीन असर पार्नेछ ।

यसैबीच, राजनीतिक कूटनीतिका दृष्टिले पनि तनाव बढिरहेको छ । वार्ताबाट युद्ध रोक्ने संकेत देखिएको छैन । ठुलो क्षति बेहोरेको इरानले अमेरिका र इजरायलका सहयोगी देशलाई पनि आक्रमण सुरु गर्नुले यो तत्काल रोकिने देखिएको छैन र आगामी दिनमा इरानविरुद्धको आक्रमणमा अमेरिका र इजरायलसँगै साउदी अरब, युएइ, कतार, बहराइन लगायतका देशमा सहभागी हुने संकेत देखिएको छ, जसले विश्व शक्तिहरूको भूमिका र मध्यपूर्वमा स्थायित्व कायम राख्न चुनौती अझ ठूलो हुनेछ ।

हॉर्मुज जलडमरूमध्यको सुरक्षा र मध्यपूर्वको राजनीतिक स्थायित्व अहिले विश्वको ध्यानाकर्षणको केन्द्रमा रहेको छ । यदि क्षेत्रीय टकराब निरन्तर बढ्यो भने, विश्व बजारमा तेल आपूर्ति, ऊर्जा मूल्य र अर्थतन्त्रमा दीर्घकालीन असर पर्न सक्नेछ । यो अवस्था वैश्विक राजनीतिमा ठूलो चुनौती र जोखिमको संकेत हो ।

प्रतिक्रिया दिनुहोस्