काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मौन अवधि सुरु हुनुअघि आज राष्ट्रका नाममा सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले चुनाव र अन्य समसामयिक विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको जनाएका हुन् । तर सम्बोधनको समयबारे टुङ्गो भई नसकेको उनले बताए ।
फागुन २१ गते बिहीबार हुने लागेको निर्वाचनका लागि प्रचारप्रसार गर्न पाइने आज अन्तिम दिन हो, देशैभरि राजनीतिक दल, उम्मेदवार र तिनका कार्यकर्ताहरू निर्वाचन प्रचारप्रसारको अन्तिम चरणमा व्यस्त देखिन्छन्











