Logo
Logo

हेलिकोप्टर दुर्घटनामा पाइलटसहित ६ जना घाइते, काठमाडौं ल्याइयो


1.6k
Shares

काठमाडौं । खोटाङमा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

आज बिहान काठमाडौंबाट उडेको ‘नाइन एन–एएफक्यु’ हेलिकोप्टर केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालबेसीमा अवतरणका क्रममा दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा पाइलटसहित ६ जना सामान्य घाइते भएको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । उनका अनुसार घाइते एक जना र पाइलटलाई भने अर्काे हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्