Logo
Logo

सांसदहरूलाई रविको ब्रिफिङ- जनताले हामीलाई ३६ दिन पनि कुर्नेवाला छैनन्


441
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनताले दिएको जिम्मेवारी महसूस गरेर काम गर्न सांसदहरुलाई निर्देशन दिएका छन् ।

आज पार्टीका नवनिर्वाचित सांसदहरुका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताले सुम्पिएको जिम्मेवारीलाई हल्कारूपमा नलिन र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न निर्देशन दिएका हुन् ।

जनताले अब कसैलाई नकुर्ने उनको भनाइ थियो । उनले भने, ‘जनताले पुराना दललाई ३६ वर्ष कुरे । हामीलाई ३६ महिना, ३६ दिन पनि कुर्ने वाला छैनन् । यदि हामीले नतिजा दिन सकेनौं भने जनताले तुरुन्तै हिसाब खोज्नेछन् । यो कुरा ध्यान दिनुहोला । ’

प्रतिक्रिया दिनुहोस्