Logo
Logo

इरानले ‘स्ट्रेट अफ हर्मुज’ बाट थप जहाजहरूलाई अनुमति


0
Shares

एजेन्सी । इरानले ‘स्ट्रेट अफ हर्मुज’ जलमार्गबाट व्यावसायिक जहाजहरूको आवतजावतमा अनुमति विस्तार गरेको तथ्याङ्क देखिएको छ। समाचार संस्था अलजजीराले जहाज ट्र्याकिङ तथ्याङ्क उद्धृत गर्दै यसबारे जानकारी दिएको छ।

The current image has no alternative text. The file name is: harmuz.jpg

समुद्री गुप्तचर कम्पनी विन्डवर्डका अनुसार, पछिल्ला दिनहरूमा हर्मुज जलमार्गबाट आवतजावत गर्ने जहाजहरूको सङ्ख्या लगभग दोब्बर बढेको छ । कम्पनीका विश्लेषक मिशेल विस बोकम्यानले बताए अनुसार, सोमवार हर्मुज जलमार्गमा इरान बाहेक आठ वटा जहाज गतिविधिमा देखिएका थिए, जसले इरानले मित्र देशहरूलाई अनुमतिप्रधान ट्रान्जिट सुविधा दिइरहेको संकेत गर्छ ।

अर्को जहाज ट्र्याकिङ सेवा ‘मरिनट्राफिक’ले पनि आइतवार र सोमवार नौ वटा जहाजको ट्रान्जिट रेकर्ड गरेको छ, जुन अघिल्ला दुई दिनको पाँच जहाजको तुलनामा बढेको संख्या हो ।

स्ट्रेट अफ हर्मुज विश्वव्यापी समुद्री तेल व्यापारको लगभग २० प्रतिशत हिस्सा ओगट्छ। तर अमेरिका–इजरायल र इरानबीचको युद्ध सुरु भएदेखि यहाँबाट हुने आपूर्ति ९५ प्रतिशतभन्दा बढी घटेको छ।

यसैबीच, विश्वकै महँगो तथा ठूलो युद्धपोत जेराल्ड आर फोर्डमा बिहीवार आगलागी भएपछि यो युद्धपोत रेड सीबाट ग्रीसको क्रेटे टापु नजिकको सोडा बन्दरगाहमा फर्किने भएको छ। यो युद्धपोत पछिल्ला नौ महिनासम्म विभिन्न महासागरमा तैनाथ थियो । जेराल्ड आर फोर्डमा ७५ भन्दा बढी सैन्य विमान र ५ हजारभन्दा धेरै सैनिक चालक छन् ।

प्रतिक्रिया दिनुहोस्