काठमाडौं । आज चैते दसैँको घटस्थापना परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज चैते दसैँको घटस्थापनाको शुभ साइत बिहान ७ बजेर ५१ मिनेटमा रहेको जानकारी दिएको छ ।

चैते दसैँको घटस्थापनामा उत्तर फर्केर घटस्थापना गर्न समितिले आग्रह गरेको छ ।
चैते दसैँकै दिन मर्यादा पुरुष श्री राम आफ्नो १४ वर्षे वनवास सकाएर अयोध्या फर्किएको अवसरमा मनाइएको भन्ने मान्यता पनि छ । बनबासबाट सकुशल आगमन भएकोमा अयोध्यावासीलगायत सबैले असत्यमाथि सत्यको जितको रूपमा चैते दसैँ मनाएका हुन् भन्ने सामाजिक कथन एवं विश्वास रहेको छ ।











