Logo
Logo

मध्यपूर्वमा रहेका नेपालीको राहतका लागि एनआरएनएद्वारा १ करोडको कोष स्थापना


630
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले मध्यपूर्वमा रहेका नेपाली नागरिकको राहतका लागि एनआरएनएद्वारा १ करोड रुपैयाँको कोष स्थापना गरेको छ ।

१२ औं महाधिवेशनबाट गठित कार्यसमितिको बुधवारको बैठकले युद्ध प्रभावित मध्यपूर्व क्षेत्रमा रहेका नेपाली नागरिकलाई सहयोग पु¥याउने उद्देश्यले तत्काल एक करोड रुपैयाँको राहत कोष स्थापना गर्ने र सो रकम तुरुन्तै रिलिज गर्ने निर्णय गरेको गरेको हो ।

संघका अध्यक्ष डा. हेमराज शर्माले यसबारे जानकारी दिएका हुन् । साथै संघमा रहेका करिव एक लाख ३० हजार सदस्य रहेको उल्लेख गर्दै उनले प्रत्येक सदस्यबाट कम्तीमा एक डलर संकलन गर्ने निर्णय पनि बैठकले गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्