Logo
Logo

धादिङका स्थानीय तहले भने-‘संविधानभन्दा माथि कोही छैन’


315
Shares

काठमाडौं । धादिङ जिल्लाका १३ वटै स्थानीय निकायहरूले सङ्घीय संसद्का सदस्यबाट हुने असंवैधानिक निर्देशनलाई अस्वीकार गर्ने बताएका छन् । 

स्थानीय तहहरूले हस्तक्षेपले आफ्नो संवैधानिक अधिकारमाथि सीधा असर पार्ने भन्दै अबदेखि कडाइका साथ प्रतिवाद गर्ने निर्णय गरेका हुन् । केही दिनअघि धादिङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङबाट आएको निर्देशनप्रति असन्तुष्टि जनाउँदै स्थानीय सरकारहरू एकजुट भएका हुन् । उनीहरूले सांसदको भूमिकाभन्दा बाहिर गएर प्रशासनिक हस्तक्षेप गर्ने प्रयास गरेको बताएका छन् । 

नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाको अध्यक्षतामा बसेको बैठकमा जिल्लाभरिका पालिका प्रमुख तथा उपप्रमुखहरूको सहभागिता रहेको थियो । बैठकले स्थानीय तहको स्वायत्तता कमजोर पार्ने कुनै पनि गतिविधि सह्य नहुने निष्कर्ष निकालेको छ ।

स्थानीय जनप्रतिनिधिहरूले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा संविधान र कानुनको भावना विपरीत आएका निर्देशनहरूप्रति गम्भीर आपत्ति जनाइएको छ । उनीहरूका अनुसार प्रशासनमार्फत स्थानीय तहलाई नियन्त्रण गर्ने प्रयास सङ्घीय संरचनाको मर्मविपरीत छ ।

प्रतिक्रिया दिनुहोस्