Logo
Logo

“एमालेसँगको सम्झौता कार्यान्वयन नहुँदा पराजित हुनु  पर्‍यो”


7.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भएको पराजयको समीक्षा गर्दै गठबन्धन सरकारको कमजोर प्रदर्शनलाई प्रमुख कारण मानेको छ ।

The current image has no alternative text. The file name is: bishwoparkesh.gif

पार्टीका उपसभापति विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमितिको बैठकमा पेस गरेको चुनावी समीक्षा प्रतिवेदनमा यस्तो उल्लेख गरेका छन् । प्रतिवेदनमा, नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार गठन भएपछि जनतामा सरकारको काममा तीव्र गति र ठूलो परिवर्तनको अपेक्षा बढेको थियो । तर, सरकारको कार्यसम्पादन औसत रह्यो, जसले नागरिकमा नयाँ विश्वास र आशा जगाउन सकेन । 

शर्माले कांग्रेस-एमालेबीच भएको ७ बुँदे सम्झौताका धेरै बुँदा कार्यान्वयन नहुनु पनि पराजयको कारण रहेको बताएका छन् । संविधान संशोधनका लागि कार्यदल गठन नहुनु, सङ्घीयताको एक दशक बित्दा पनि प्रदेशहरूलाई अधिकार हस्तान्तरणमा ढिलाइ, विद्यालय शिक्षा विधेयक र निजामती कर्मचारी सम्बन्धी विधेयक टुङ्गोमा नपुग्नुजस्ता विषयले विभिन्न क्षेत्रमा असन्तुष्टि बढाएको उल्लेख छ । 

बजेट निर्माणमा भएको अर्घेल्याइँले संसद्मा चर्को असन्तुष्टि पोखिएको र यसले नागरिकमा नकारात्मक सन्देश दिएको पनि प्रतिवेदनमा छ ।  यसबाहेक, सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गठबन्धनको सहमतिबिना गरिनुले गलत सन्देश दिएको र यसले युवा पुस्तामा विद्रोहको वातावरण तयार पारेको शर्माको निष्कर्ष छ । 

प्रतिक्रिया दिनुहोस्