Logo
Logo

स्रोत नखुलेको २० लाखभन्दा बढी रकमसहित एक जना पक्राउ


819
Shares

पर्सा । पर्साबाट श्रोत नखुलेको २० लाखभन्दा बढी रकमसहित एक व्यक्तिलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।वीरगन्ज महानगरपालिका-१६ भन्सार मेनगेटबाट सीमा सुरक्षा गुल्म बीरगंजले सोही महानगरपालिका-१७ बस्ने ५० वर्षका बिनय शङ्कर साहलाई नियन्त्रणमा लिएको हो ।

The current image has no alternative text. The file name is: Cash.jpg

भारतबाट बिआर ५ बिके ८६०३ नम्बरको मोटर्साइकलमा आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको सुचनाको आधारमा चेकजाँच गर्ने क्रममा मोटरसाइकलको सिट कभर भित्र प्लास्टिकमा प्याक गरेर ल्याउँदै गरेको अवस्थामा स्रोत नखुलेको नगद सहित नियन्त्रणमा लिइएको हो ।

निजको साथबाट नेपाली रुपैयाँ २० लाख २ हजार ५० र भारतीय ६ सय रुपैयाँ समेत बरामद भएको  छ । नियन्त्रणमा लिइएका व्यक्तिलाई बरादम रुपैयाँ र मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बीरगंजमा बुझाइएको छ । 

प्रतिक्रिया दिनुहोस्