Logo
Logo

नयाँ सरकार राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धमा गम्भीर हुनुपर्छ : प्रभु साह  


378
Shares

काठमाडौं । आम जनता पार्टी (आजपा) ले नयाँ सरकार राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धलगायत संवेदनशील विषयमा गम्भीर हुनुपर्नेमा जोड दिएको छ । पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा आज भएको केन्द्रीय कमिटी बैठकले ती विषयमा जोड दिएको हो । 

The current image has no alternative text. The file name is: prabhu-shah.jpg

पार्टीका सचिवालय सदस्य सुभाष साहका अनुसार बैठकले जनचाहना अनुरूप देशमा शान्ति, विकास, अमनचैन कायम गर्न नयाँ सरकार ठोस मार्गचित्रका साथ प्रस्तुत हुनुपर्ने सुझाव दिएको छ ।

प्रभु साहले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भनिए पनि प्रश्न उठेकाले यसको स्वच्छता, निष्पक्षता र पारदर्शिताको बारेमा छानबिन गर्नुपर्ने माग गरेका छन् । 

निर्वाचन आयोगदेखि सरकारको भूमिकामाथि प्रश्न उठाउँदै उनले निर्वाचन आचारसंहिता उलङ्घन हुँदा समेत मौन बस्नु, एकपक्षीय प्रचार  रोक्न नसक्नुले गम्भीर प्रश्न उठेको बताए ।  फेक आइडीको दुरुपयोग, मिडियाको एकपक्षीय प्रचार रोक्न नसक्नु निर्वाचन आयोग र सरकारको असफलता भएको टिप्पणी उनले गरे । 

प्रतिक्रिया दिनुहोस्