Logo
Logo

डोटीमा जिप दुर्घटना, चालकसहित २ जनाको मृत्यु


189
Shares

काठमाडौं । डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आदर्श गाउँपालिका–६ स्थित रौसेल्लामा भएको दुर्घटनामा परी आदर्श गाउँपालिका–३ काँडीस्याउलेका करिब २२ वर्षका चालक सुबोध रोकाया र १९ वर्षीय कैलाश बिकको मृत्यु भएको हो । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राति करिब रााढे १२ बजे गिरिचौकाबाट काँडीस्याउलेतर्फ आउँदै गरेको सु.प.प्र. ०१ ००१ च ३९२३ नं. को बोलेरो जिप घुम्तीबाट खसेको थियो ।

मृतक दुवैको शव र दुर्घटनाग्रस्त जिपसँगै सडकबाट करिब ९०० मिटर तल सायली गाडमा खसेको छ । मृतकहरूको शव खोलाबाट सडकमा ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्