Logo
Logo

जेनजी आन्दोलनको प्रतिवेदन बिना पूर्वाग्रह कार्यान्वयन होस् : गगन थापा


252
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरिनुपर्ने बताएका छन् । 

The current image has no alternative text. The file name is: gagan-2.jpg

मङ्गलवार पार्टी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने क्रममा उनले सार्वजनिक भएलगत्तै उक्त प्रतिवेदन कार्यान्वयन पनि हुनुपर्ने बताएका हुन् । 

उनले भने, ‘त्यो प्रतिवेदन तत्काल सार्वजनिक पनि होस् । त्यो प्रतिवेदन अनुसार कार्यान्वयन पनि होस् । जसले गल्ती गरेको छ उसले सजाय पाउने अवस्था बनोस् ।’

साथै, उनले बिना पूर्वाग्रह प्रतिवेदन कार्यान्वयन गर्ने कुरा अघि बढोस् भन्ने विषयमा आफ्नो पार्टी स्पष्ट अडान राखेको जानकारी दिए । ‘बिना पूर्वाग्रह यी कुराहरू अघि बढोस् भन्ने कुरामा नेपाली कांग्रेस पार्टी स्पष्ट अडान पनि राख्छ,’ थापाले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्