Logo
Logo

कांग्रेस निर्वाचनका लागि स्थापना भएको पार्टी होइन : गगन थापा


504
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफ्नो पार्टीलाई निर्वाचनभन्दा फराकिलो दायरामा राखेर हेर्नुपर्ने बताएका छन् । 

मङ्गलवार पार्टी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने क्रममा उनले आफ्नो पार्टी आउनुभन्दा अघि निर्वाचन नआएको र निर्वाचनमा लड्नकै लागि भनेर मात्रै पनि पार्टी स्थापना नभएको बताए । 

उनले भने, ‘के निर्वाचन नै सबै कुरा हो रु के निर्वाचनको केही सन्दर्भ २०७४ को प्रतिकूल अवस्था पनि हामीले ब्यहोरेकै हो । नेपाली कांग्रेस पार्टी स्थापना भएको बेलामा त कुनै बेला निर्वाचन हुन्छ, निर्वाचनमा जित्छौँ भनेर पार्टी स्थापना भएको पनि होइन, हाम्रा पार्टीका नेताहरूले पार्टी बनाउने बेलामा त । यो पार्टी निर्वाचनभन्दा फराकिलो छ ।’

‘यो पार्टी आयो र पार्टी आएपछि निर्वाचन आएको हो नि त । निर्वाचन लड्नका लागि पार्टी आएको होइन नि त । हामी आयौँ र हामीले निर्वाचन हुने पद्धति स्थापना गरेका हौँ,’ सभापति थापाले भने, ‘नेपाली कांग्रेसले त्यो फराकिलो दायरामा राखेर आफूलाई हेर्नुपर्नेछ । तर, हामी यसरी आएका हौँ र जे छ त्यो ठिक छ भनेर हुँदैन । पार्टीभित्र व्यापक सुधार आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्