हेटौँडा । मकवानपुरको थाहा नगरपालिका–१२, टिस्टुङमा ट्रक पल्टँदा त्रिभुवन राजपथमा यातायात अवरुद्ध भएको छ ।

आज राति १ः३० बजेतिर काठमाडौँबाट हेटौँडा आउँदै गरेको बाप्र०३–००१ ख १७५० नम्बको ट्रक दाहिने साइडको पट्टा भाँचिन गई सडकमा पल्टँदा यातयाात आवागमनमा समस्या भएको हो ।
दुर्घटनामा चालक धादिङ, बेनिघाटरोराङ–२ मौवाखोलाका २७ वर्षीय धुर्व घले घाइते भएका छन् र उनको पालुङ अस्पतालमा उपचार जारी छ ।
ट्रक हटाएर यातायात सेवा सञ्चालनका लागि इलाका प्रहरी कार्यालय पालुङको प्रहरी टोलीले प्रयास गरिरहेको छ ।











