एजेन्सी । १० दिन लामो ऐतिहासिक यात्रापछि ४ जना अन्तरिक्ष यात्री सहितको आर्टिमिस२ अन्तरिक्षयान पृथ्वीमा अवतरण गरेको छ ।

अन्तरिक्ष यात्रीहरूलाई बोकेको प्यारासुट अमेरिकाको पश्चिमी तट नजिकै प्रशान्त महासागरमा सुरक्षित रूपमा अवतरण गरेको छ । यो मिसनले नयाँ कीर्तिमान पनि कायम गरेको छ ।
गएको अप्रिल ६ मा अन्तरिक्षयानले पृथ्वीबाट ४ लाख ६ हजार ७७१ किलोमिटर टाढा पुगेर मानव इतिहासकै सबैभन्दा टाढाको अन्तरिक्ष यात्रा गर्ने रेकर्ड तोडेको थियो ।
अप्रिल १ अर्थात गएको चैत १८ गते सफल प्रक्षेपण भएको यो मिशनमा चार जना अन्तरिक्ष यात्री सहभागी छन् ।










