Logo
Logo

धनढ्य गृहमन्त्री: ८९ तोला सुन, ६ किलो चाँदी, ३ जिल्लामा जग्गा, करोडौंको सेयर


1.5k
Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङसँग ८९ तोला सुन रहेको पाइएको छ । आइतबार सार्वजनिक सम्पत्ति विवरण अनुसार गुरुङसँग ८९ तोला सुन रहेको उल्लेख छ । उनीसँग ६ किलो चाँदी पनि रहेको उल्लेख छ ।

त्यस्तै गृहमन्त्री गुरुङको नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको पाइएको छ । उक्त जग्गा लगानीबाट जोडेको सम्पत्ति विवरणमा उल्लेख छ ।

गृहमन्त्री गुरुङको पिता दिलबहादुर गुरुङको नाममा चितवनको भरतपुर–१८ गुञ्जनगरमा ३० कठ्ठा र बाजे रामसल गुरुङको (बाँडफाँट नभएको) नाममा गोरखाको चुननुब्रीमा २ सय २१ रोपनी जग्गा रहेको उल्लेख छ ।

त्यस्तै गृहमन्त्री गुरुङले सेयर बजारमा ४ करोड ३१ लाख रुपैयाँभन्दा बढी लगानी गरेको देखिएको छ । विवरणअनुसार, गुरुङको कुल ४ करोड ३१ लाख ५६ हजार २ सय रुपैयाँ बराबरको लगानी सेयर बजारमा रहेको उल्लेख छ ।

विवरणमा होप होल्डिङ्स प्रालिमा उनको ३० हजार कित्ता साधारण सेयर रहेको जनाइएको छ, जसको मूल्य ३० लाख रुपैयाँ छ । त्यस्तै, लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिमा ५ हजार ७ सय कित्ता साधारण सेयर रहेको र यसको मूल्य ५७ लाख रुपैयाँ उल्लेख गरिएको छ ।

गुरुङले सबैभन्दा ठूलो लगानी ‘धितोपत्र बजारमा कारोबार हुने सेयर’ शीर्षकअन्तर्गत देखाएका छन् । व्यवसायिक तथा पैत्रिक स्रोतबाट आएको उल्लेख गर्दै उनले यस शीर्षकमा २ करोड ७४ लाख ५६ हजार २ सय रुपैयाँ लगानी रहेको जनाएका छन् ।

यसैगरी, एड्भेन्चर भिल्ला प्रालिमा पनि उनको ७० हजार कित्ता सेयर रहेको उल्लेख छ, जसको मूल्य ७० लाख रुपैयाँ रहेको विवरणमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्