
काठमाडौं । गण्डकी प्रदेश सांसद द्रोणकुमार कुँवरले पदबाट राजीनामा दिएका छन् । नेपाली काङ्ग्रेसबाट बागलुङ क्षेत्र नम्बर २ (२) बाट प्रत्यक्ष निर्वाचित कुँवरले आज बिहान राजीनामा दिएका हुन् ।
मन्त्रीका आकाङ्क्षी रहेका उनले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेको मन्त्रिपरिषद पुनर्गठनप्रति आपत्ति जनाउँदै पद त्याग गरेका हुन् ।
सभामुख कृष्णप्रसाद धितालले कुँवरको राजीनामा आएको बताए । राजीनामा पत्रमा कुँवरले आफूलाई निर्वाचित गराउन विश्वास र मत दिएकोमा मतदाता तथा समर्थकप्रति आभार व्यक्त गरेका छन् ।











