Logo
Logo

दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश


2k
Shares

काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री दिपक खड्कालाई रिहा गर्न आदेश दिएको छ। बिहीबार सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले खड्कालाई थुनामुक्त गर्न आदेश दिएको हो।

सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री खड्काको तर्फबाट उनकी पत्नी विनिता थापाले बन्दीप्रत्यक्षीकरणको रिट हालेकी थिइन्। विदेश जान भने उनले अदालतको अनुमति लिनुपर्ने आदेश भएको छ।

‘निजको पक्राउ पुर्जी र म्याद थप कानुन सम्मत देखिएन। निजमाथि दाबी कसुरको अनुसन्धान हिरासतबाहिर बसेर नै हुन सक्ने प्रकृतिको देखिँदा सम्बन्धित अदालतबाट अनुमति लिई मात्र निवेदकलाई विदेश जान दिनू, निजलाई तत्काल थुनामुक्त गर्नु भनी बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ,’ संक्षिप्त आदेशमा भनिएको छ।

गत चैत १५ गते खड्का पक्राउ परेका थिए। उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानका लागि पक्राउ गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्