Logo
Logo

बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष पक्राउ


630
Shares

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथ पक्राउ परेकी छन् । कर्तव्य  ज्यानसम्बन्धी मुद्दामा अनुसन्धानका लागि नाथलाई प्रहरीले  पक्राउ गरेको हो । 

The current image has no alternative text. The file name is: arretsed.gif

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बेलडाँडी९३ खैरीघाटका हरिकिसन रानाको मृत्यु घटनाको अनुसन्धानका लागि उनलाई बिहीबार साँझ पक्राउ गरिएको हो । जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । 

एक वर्षअघि २०८२ वैशाख ९ मा बेलौरी नगरपालिका-१० शिवनगरमा राना जलेको अवस्थामा मृत भेटिएका थिए । परिवार र आफन्तजनले दोषीको पहिचान गरी आवश्यक कारबाहीको माग गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्