
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले छिटो काम गर्नको लागि सरकारले अध्यादेशको बाटो रोजेको बताएको छ ।
आज बसेको संसदीय दलको अनौपचारिक बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा महामन्त्री कवीन्द्र बुर्लाकोटीले प्रक्रियामा जाँदा लामो समय लाग्ने भएकाले छरितो बाटो रोजेको बताए ।
‘यो अध्यादेश आम नागरिकको म्यान्डेट अनुसार छिटो काम गर्नको लागि हो । हाम्रो कानुनको झमेलाको दृष्टिकोणबाट हेर्दा ३/४ महिना जति न्यूनतम पनि समय लाग्ने खालका छन्,’ उनले भने, ‘प्रक्रियागत एउटा लामो अभ्यास गर्नुपर्ने कुराहरू छ । त्यसैले अध्यादेश ल्याइएको हो ।’
अधिवेशन आह्वान गरेको सदन स्थगित गरेर अध्यादेश ल्याएपछि सरकारले चौतर्फी विरोध भइरहेको छ ।











