Logo
Logo

तरुण दलका अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा


0
Shares

काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन्। पार्टी निर्माणमा सहज वातावरण बनोस् भन्ने विश्वासका साथ आज अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गरेको हुन्।

The current image has no alternative text. The file name is: Bidhwan-Gurung.gif

उनले आगामी दिनमा ठोस राजनीतिक परिकल्पना र स्पष्ट कार्यदिशासहित पार्टीप्रति पूर्ण निष्ठावान् भएर काम गर्ने प्रतिबद्धता जनाएका छन्।

उनले आफूलाई जिम्मेवारी दिएकोप्रति पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिलाई धन्यवाद दिएका छन्।

उनले २०८३ मंसिरभित्र महाधिवेशन गर्नुपर्ने भएपनि महाधिवेशनको प्रक्रिया सुरु भइरहेको अवस्थामा दशको पछिल्लो राजनीतिक घटनाक्रममा उत्पन्न असहज परिस्थितिको कारणले ५ औँ महाधिवेशन सम्पन्न गर्न नसकिएको जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस्