Logo
Logo

कस्तो छ आजको मौसम पूर्वानुमान ?


252
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ ।

The current image has no alternative text. The file name is: mausam.jpg

हाल देशभर अधिकांश बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँहरूमा तथा मधेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित मध्यम सम्मको वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी र मधेश प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । 

त्यस्तै आज राती देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने र पहाडी र तराई भू/भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती गण्डकी प्रदेशको हिमाली र पहाडी भू/भागका केही स्थानहरूमा तथा बाँकी भू-भागको थोरै स्थानहरूमा मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । 

प्रतिक्रिया दिनुहोस्