Logo
Logo

शेखर कोइरालाले बोलाए आफू पक्षीय नेताहरूको बैठक


504
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा . शेखर कोइराला आफ्नो समूहको छुट्टै बैठक बताएका छन् । कोइरालाले आफ्नो समूहको बागमती प्रदेशस्तरी भेला बोलाएका हुन् ।

The current image has no alternative text. The file name is: sekher.gif

बैठकमा निवर्तमान केन्द्रीय सदस्य, बहालवाला केन्द्रीय सदस्य (विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति), सांसद र पूर्वसांसदहरु, जिल्ला सभापति, पूर्वजिल्ला सभापतिहरू, क्षेत्रीय सभापतिहरूलाई बोलाइएको छ ।

बैठक बिहान ८ बजेदेखि बालुवाटारस्थित ओपेरा होटलमा बस्न लागेको हो । यसअघि बुधवार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि आफ्नो समूहको बैठक बोलाएर छलफल गरेका थिए ।

विशेष महाधिवेशनपछि कांग्रेस एकतावद्ध हुन सकेको छैन । एक समूहले अर्को समूहलाई स्विकार्न नसक्दा पार्टीमा समानान्तर गतिविधि सञ्चालन भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्