काठमाडौं । मधेश प्रदेशमा सशस्त्र प्रहरी मूख्यालयबाट खटिएका घुमुवाका कारण आठ जिल्लाका एसपीहरुले हैरानी खेपिरहेका छन् । पूर्व आइजीपी राजु अर्याललाई गुमराहमा राखेर उनको सचिवालयले खटाएका घुमुवाकै कारण मधेशका आठ जिल्लाले तनाव बेहोरेको हो ।

आठ वटै जिल्लाका मूख्य नाकामा मूख्यालयको नाममा केही घुमुवाहरु खटाइएको छ । जसको दरवन्दी ती जिल्ला र यूनिटहरुमा छैन । गण मातहत दरवन्दी नभएका घुमुवाहरुले मूख्यालयको नाम लिएर हैरान पारेका छन् ।
तत्कालीन आइजीपी अर्यालको सचिवालयमा रहेर आइजीपीभन्दा ठूलो हैकम चलाउने एम जन डिएसपीले खटाएका घुमुवाहरुले स्थानीय व्यापारीहरुसँग रकम असुल उपर गरेको बैक र भौचरसमेत फेला परेको छ ।
खासगरी महोत्तरीको मनराशिसवा नगरपालिका–२ स्थित सीमा क्षेत्रबाट अवैध रूपमा भारततर्फ लैजाँदै गरिएको ठूलो परिमाणको चिनियाँ स्याउसहित तीन वटा पिकअप गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि विगतमा घुमुवा मार्फत सेटिङ चलेको रहस्य खुलेको थियो ।
सशस्त्र प्रहरी बल नेपालका प्रदेश ०२–०२–००१ च ०७२२, प्रदेश १–०४–००१ च ०४१४ र मधेश प्रदेश ०४–००१ च ०३८० नम्बरका गाडीमा राखी तस्करीका लागि लैजाँदै गरिएको ६ हजार ९ केजी चिनियाँ स्याउ बरामद भएको थियो ।
भारततिर तस्करीका लागि लैजाने नियन्त्रणमा लिइएको यो स्याउ प्रकरणले महोत्तरी जिल्लामा भइरहेको वारिपारि संगठित तस्करीको संजाल छताछुल्ल पारिदियो । सादा पोशाकमा खटाइएका ससस्त्र प्रहरी (घुमुवा)मार्फत लेनदेन मिलाएर वारिपारि तस्करी भैरहेको घटनामा यो प्रकरण जोडिएर आएको छ । महोत्तरीको सम्सी नाका तस्करीका लागि अब्बल मानिन्छ ।
यो नाकमा रहेका रहेका एक डिएसपीको चालचलन राम्रो नभएको रिपोर्टपछि मधेश प्रदेशको छिन्नामस्त बाहिनीले तानेर अनुसन्धान गरिरहेको बेला स्याउ पक्राउ परेको थियो । नाकाबाट स्याउ, मदिरालगायतका मालबस्तु भारततिर तस्करी हुने र भारतबाट चप्पलजुत्ता, दैनिक उपभोग्यबस्तुलगायत नेपालतिर तस्करी हुने गरेको छ ।
यस नाकाक्षेत्रमा सशस्त्र प्रहरीका साहायक हबल्दार सन्तोष यादव राजिव यादवले लेनदेन मिलाएर मालबस्तु वारपार गर्ने संगठित गिरोहलाई सहजीकरण गरिदिने गरेको थाहा पाएपछि सशस्त्र प्रहरी महोत्तरीले निगरानी बढाएको थियो ।
त्यहीबेला तस्करीको स्याउसहित तीन वटा पिकअप नियन्त्रणमा लिएको थियो । त्यसपछि मात्रै घुमुवा यादवको पोल खुलेको थियो । घुमुवाहरुलाई शेख उजाले नामक व्यक्तिले सहायक हबल्दार यादवको राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १२७०१०००००१०४ खातामा २०२४–२–२४ तारेख (१५ः२५ः२२ सेकेन्ड) मा ५० हजार र अर्को थप ५३ हजार रुपैयाँ पठाएको देखिन्छ ।
स्रोतका अनुसार शेख जुताचप्पल व्यवसायी हुन् । यादवद्वयले सचिवालयको धम्की दिदै नाकाबाट सहजीकरण गरेको खुलेपछि महोत्तरीमा रहेको गणले व्यापक सर्च अप्रेशन थालेका बेला स्याउ बरामद भएको थियो । उनको बैक खातामा पटक पटक रकम गएको प्रमाण सुरक्षित रहेको छ ।
भारतसँग सीमा जोडिएका सिरहाका नाकाहरुबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सेटिङमा तस्करीको लाइन महोत्तरीमा मात्र चलिरहेको छैन । जेनजी आन्दोलनपछि नयाँ सरकार बनिसकेपछि भन्सार नाकामा कडाइ गरिएको भनिएपनि मधेसमा तस्करीको लाइन रोकिएको छैन । आम जनताको हकमा भन्सार नाकामा सास्ती छ भने तस्करलाई रजाइँ छ । सीमामा हुने तस्करीलगायतका अवैध गतिविधि नियन्त्रणमा खटिएका सशस्त्र प्रहरीका केही घुमुवाको कारण बद्नाम हुँदैछ । यसमा मधेसमा नेपाल प्रहरीको भूमिका पनि तस्करी नियन्त्रणभन्दा तस्करलाई सहजीकरण गर्नमै देखिएको छ ।














