
काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) को सदस्यमा चलचित्र निर्देशक मनोज पण्डित नियुक्त भएका छन् । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले समितिको सदस्यमा पण्डितलाई नियुक्त गरेका हुन् ।
सरकारले केहिदिनअघि ल्याएको अध्यादेशका कारण सेन्सर बोर्डका तीन जना सदस्य पदमुक्त भएका थिए । उक्त रिक्त एक पदमा पण्डितलाई नियुक्त गरिएको हो । अन्य दुईवटा पदमा भने नियुक्त भइसकेको छैन ।
पण्डितले लामो समय चलचित्र निर्देशनको क्षेत्रमा काम गरेका छन् । यसअघि उनले अघिल्लो सरकारले ल्याएको चलचित्र विधेयकको विरोधको नेतृत्व पनि गरेका थिए ।














