Logo
Logo

मस्कोमा युक्रेनको आक्रमण, एक भारतीयसहित तीन जनाको मृत्यु


315
Shares

काठमाडौं । युक्रेनले आइतबार राति रुसको राजधानी मस्कोलाई लक्षित गरी व्यापक ड्रोन आक्रमण गरेको छ । रुसी अधिकारीहरूका अनुसार यस आक्रमणमा परी एक भारतीय नागरिकसहित तीन जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

आक्रमण विगत एक वर्षको अवधिमा मस्कोमाथि भएको सबैभन्दा ठूलो हमला हो । मस्कोस्थित भारतीय दूतावासले पनि मृतकहरूमध्ये एक जना भारतीय नागरिक रहेको पुष्टि गरेको छ ।

यसैबीच, युक्रेनले रुसमाथि गरिएको यस आक्रमणको जिम्मेवारी लिएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यस हमलाको बचाउ गर्दै यो रुसी आक्रमणको ‘पूर्ण रूपमा उचित’जवाफ भएको दाबी गरेका छन् । रुसले विगतमा युक्रेनी सहरहरूमा गरेका घातक हमलाहरूको प्रतिशोधमा यो कदम चालिएको जेलेन्स्कीको भनाइ छ ।

केही समयअघि मात्रै रुसले युक्रेनको राजधानी किभमा भीषण ड्रोन तथा मिसाइल आक्रमण गरेको थाल्यो, जसमा २४ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्