Logo
Logo

कांग्रेसले आज र भोली बागमती प्रदेशस्तरीय भेला गर्दै


315
Shares

काठमाडौं । नेपाली कांग्रेसले आज र भोली बागमती प्रदेशस्तरीय भेला गर्दै छ । काँग्रेसले कांग्रेसको नीति तथा अनुसन्धान प्रतिष्ठानले सातै प्रदेशमा ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेश स्तरीय भेला’ अन्तरगत आज र भोली बागमती प्रदेशको भेला धुलिखेलमा गर्न लागेको हो ।   

The current image has no alternative text. The file name is: Congress_91767856316.jpg

भेलालाई कांग्रेस सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मालगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।

पार्टीका शीर्ष नेताहरूको सहभागितामा आयोजना हुने भेला आगामी राजनीतिक कार्यदिशा, निर्वाचन समीक्षा तथा सुशासनका सवालमा केन्द्रित रहने जनाइएको छ । भेलामा कर्णाली प्रदेशबाट पार्टीको केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने सम्पूर्ण केन्द्रीय सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, १० वटै जिल्लाका सभापति, प्रतिनिधिसभा सदस्य, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुख तथा गाउँपालिका अध्यक्ष–उपाध्यक्षहरूको सहभागिता रहने बताइएको छ ।

यसअघि काँग्रेसले वैशाख २६ र २७ गते धनगढी, कैलालीमा काँग्रेसले सुदूरपश्चिमस्तरीय, वैशाख २५ र २९ मा कर्णाली प्रदेशस्तरीय भेला र वैशाख ३१ र जेठ १ गते गण्डकी प्रदेश स्तरीय भेला गरेको थियो । 

काँग्रेसले यसअप्ची मधेश प्रदेशमा जेठ ६ र ७ गते वर्दिवास, महोत्तरीमा, कोशी प्रदेशमा जेठ ८ र ९ गते लौकी, सुनसरीमा भेला र लुम्बिनी प्रदेशमा जेठ १४ र १५ गते तिलोत्तमा, रुपन्देहीमा भेला गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्