Logo
Logo

प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीले पर्चासहित उठेर विरोध गरेपछि…


252
Shares

काठमाडौं । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरू अगाडि उभिएर विरोध गरेका छन् । प्रतिनिधिसभा बैठक सभामुख डोलप्रसाद अर्यालले सुरु गर्दावित्तिकै श्रम संस्कृति पार्टीका सांसदहरू आफ्नो स्थानबाट उठेर अगाडि आइ विरोध गरेका हुन् । 

उनीहरूले पर्चा लिएर सभामुखको आसन अगाडि उभिएर विरोध गरेका छन् । पर्चामा प्रधानमन्त्री जबाफदेही बनेको खोइ रु भन्ने लेखेका छन् ।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठकमा पर्चा देखाएर प्रदर्शन गर्न कानुन र नियमावलीअनुसार नमिल्ने बताएका छन् । सभामुख अर्यालले भने, ‘विरोध गर्ने विभिन्न शैली हुन्छन् । मर्यादामा बसेर विरोध गर्न आदेश दिन्छु । अब गर्दा मर्यादामा बसेर विरोध गर्नुहोला ।’

प्रतिक्रिया दिनुहोस्