Logo
Logo

प्रधानमन्त्रीलाई सांसदको प्रश्न : ग्रेटर नेपालको नक्सा अहिले खै ?


378
Shares

काठमाडौं । नेकपा एमालेकी सांसद गंगादेवी श्रेष्ठले प्रधानमन्त्री कार्यालयमा ग्रेटर नेपालको नक्सा राख्न माग गरेकी छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मेयर हुँदा राखिएको नक्सा अहिले पनि राख्नुपर्ने बताएकी हुन् । 

The current image has no alternative text. The file name is: umala.jpg

उनले भनिन्,‘ सम्माननीय प्रधानमन्त्रीज्यू मेयर हुँदा राख्नुभएको ग्रेटर नेपालको नक्सा यहाँ पनि फेरि चाहियो भन्ने माग गर्न चाहन्छु । जनताले त्यही देखेर केपी ओलीभन्दा राष्ट्रवादी नेता बालेन हो भनेर भोट खसाइदिएका हुन् ।’

उनले लिपुलेकको व्यापारिक मार्गको विषयमा किन चुपचाप भन्दै प्रश्न गरिन् । उनले भनिन्,‘अहिले लिपुलेकको व्यापारिक मार्गको विषयमा किन चुपचाप हुनुहुन्छ ? समर्थकले सरकारको बचाउको लागि फेसबुकमा चिठी हालेको भरलाई जनताले पत्याइदिनुपर्ने हो कि कूटनीतिक पहल पनि केही भएको छ ?’

प्रतिक्रिया दिनुहोस्