Logo
Logo

नेपाल बार एसोसिएसनको आकस्मिक बैठक बोलाइयो, के छ एजेण्डा ?


0
Shares

काठमाडौं । विकसित घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गर्न भन्दै कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले आकस्मिक बैठक डाकेको छ ।

The current image has no alternative text. The file name is: nepal-bar.gif

नेपाल बार एसोशिएसनका अध्यक्ष डा. विजयप्रसाद मिश्रले आकस्मिक बैठक डाकिएको जानकारी गराए । उनका अनुसार, प्रधानन्यायाधीशले जारी गरेको आदेश र त्यसको परिपालना, प्रतिनिधिसभामा केही सांसदहरुले व्यक्त गरेको धारणा लगायतका विषयमा छलफल गर्न बैठक डाकिएको हो ।

सोमबार कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले केही रिट एवं निवेदनहरू लामो समयदेखि रोकिएको भन्दै तत्काल तिनलाई दर्ता गर्न र मंगलबारको पेशी तोक्न न्याय प्रशासनलाई आदेश दिएकी थिइन् ।

उनको आदेश सार्वजनिक भएपछि प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसदहरू समीक्षा बास्कोटा, यज्ञमणि न्यौपाने लगायतले आपत्ति जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्