Logo
Logo

सरकारको राहातमा एमालेको प्रश्न-सुकुम्वासी दिनको १०० रुपैयाँले बाँच्न सक्छ ?  


0
Shares

काठमाडौं । नेकपा एमालेले विस्थापित सुकुम्वासीबारे सरकारले गरेको निर्णयप्रति आपत्ति जनाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गुरु बरालले विस्थापित सुकुम्वासीलाई २५ हजार एकमुष्ट दिने र बासको व्यवस्था आफैँ गर्नुपर्ने निर्णय त्रुटिपूर्ण भएको बताए ।

The current image has no alternative text. The file name is: guru-baral.jpg

उनले भने, ‘सरकारले बिना तयारी उनीहरूलाई आफ्ना बसोबास गरिरहेका ठाउँबाट बाहिर निकालेको छ । अनि सरकार भन्छ, यो जेठ, असार र साउन ३ महिना १५-१५ हजार रुपैयाँ पाउने छौ, यसको अर्थ एक दिनको १०० रुपैयाँले कसरी एउटा परिवार काठमाडौँको आसपासमा बाँच्न सक्छ ? यो सुकुम्वासी माथि गरिएको अत्यन्त ठूलो अमानवीय हमला हो ।’

उनले सुकुम्वासीहरू बसिरहेको ठाउँ नै अस्थायी भएकाले २५ हजार दिनुको अर्थ नभएको बताए । उनले भने , ‘अस्थायी बसोबास त उनीहरू जहाँ बसेका थिए त्यहीँ थियो । स्थायी प्रबन्धका लागि अब सरकारले नयाँ व्यवस्था गर्नुपर्नेमा उसले अहिले जर्बजस्ती त्यहाँ बसोबास, अस्थायी बसोबास गरिरहेको ठाउँबाट बाहिर निकालेको छ । होल्डिङ सेन्टरहरूमा अत्यन्त अमानवीय ढङ्गले उनीहरू बाँचिरहेका छन् । सुत्केरी महिलाको कुपोषणको सिकार भएका छन्, युवाहरूलाई मानसिक स्वास्थ्यको समस्या भएको छ, बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् । उच्च शिक्षा हासिल गर्ने युवाहरू पनि अत्यन्त अप्ठ्यारोमा छन् ।’

प्रतिक्रिया दिनुहोस्