काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको औपचारिक लोगो सार्वजनिक गरिएको छ ।

असार ७ देखि ९ गतेसम्म चितवनमा हुने प्रथम महाधिवेशनका लागि रास्वपाले लोगो सार्वजनिक गरेको हो ।
लोगोमा निलो पृष्ठभूमिका सेतो अक्षरमा ‘प्रथम राष्ट्रिय महाधिवेशन’ लेखिएको छ । महाधिवेशनमा शब्द लेख्दा ‘ध’ इकार र ‘व’लाई एकार दिने क्रममा पार्टीको चुनाव चिन्ह घन्टी देखिने गरी लोगो बनाइएको छ ।














