काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा ध्वस्त भएको पुरानो संसद् भवनलाई जेन-जी संग्राहलय बनाइने भएको छ । मर्मत गरेर पुनः सञ्चालनमा ल्याउन सकिने अवस्था नभएसपछि सरकारले पुरानो बानेश्वरस्थित पुरानो संसद भवन (अन्तराष्ट्रिय सम्मेलन केन्द्र)लाई यथास्थितिमै संग्राहलय बनाउने तयारी गरेको हो ।

उक्त भवन २०५० सालमा चिनियाँ सहयोगमा निर्माण गरिएको थियो । २०६५ सालमा गणतन्त्र घोषणा भएसँगै उक्त भवनलाई संसद् भवनको रुपमा प्रयोग गर्न थालिएको थियो ।
जेन-जी आन्दोलनका क्रममा ध्वस्त भएको पुरानो संसद् भवनलाई जेन-जी संग्राहलय बनाइने भएको छ ।














