
काठमाडौं । इँट्टा भट्टाको पर्खाल भत्किँदा बाँकेमा दुई जना मजदुरको मृत्यु भएको छ । सोमबार नेपालगञ्ज उपमहानगरपालिका– १९ भैयापुरस्थित न्यु किसान इट्टा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको च्यापिएर मृत्यु भएको हो ।
साउन १८ गते सोमबार बिहान करिब ११ बजे नेपालगञ्ज उपमहानगरपालिका– १९ भैयापुरस्थित न्यु किसान इट्टा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको च्यापिएर मृत्यु भएको हो । अर्का गम्भीर घाइते भएका ४५ वर्षीय राम फेरन कोरीको भने उपचारको क्रममा आज बिहान ३ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक वर्षादी लोधको शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ भने कोरीको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।














