
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुनसरीको कप्तानगन्ज घटनामा प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङ जिम्मेवार हुनुपर्ने बताएका छन् । दाङमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भदौ २४ गतेको घटनासँग जोडेर तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेकाले सुनसरी घटनामा पनि अहिलेका प्रधानमन्त्री र गृहमन्त्री जिम्मेवार हुनुपर्ने धारणा राखेका हुन् ।
‘भदौ २४ गतेको घटनासँग जोडेर सुरक्षा निकायले बल प्रयोग गरेको जिम्मेवारी गृहमन्त्रीले लिनुपर्छ भनियो । सुरक्षा निकायले गरेको बल प्रयोगको जिम्मा राजनीतिक नेतृत्वको हुन्छ भनेर तत्कालिक प्रधानमन्त्री र गृहमन्त्रीमाथि अभियोग लगाइयो,’ उनले भने, ‘यो सरकारले आफ्नो समयमा भएको बल प्रयोगबाट भएका क्षतिका सन्दर्भमा उन्मुक्ति पाउन सक्दैन । या प्रधानमन्त्री र गृहमन्त्रीले विगतमा जे ग¥यौँ, नबुझीकन ग¥यौँ भनेर माफी माग्नुप¥यो । त्यसो नभए राजीनामा दिएर मुद्दा चलाउनका लागि बाटो खोलिदिनुप¥यो । दोहोरो मापदण्ड शासनमा हुँदैन ।’
उनले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणका नाममा गिरफ्तार गरिएको प्रसङ्ग पनि उठाए । उनले थपे, ‘सम्पत्ति शुद्धीकरण आधार बनाएर गिरफ्तार गर्ने कुरा सामान्यतया उचित होइन। कालो धनको पो शुद्धीकरणको विषय हो, तर नेपालमा कर प्रणालीमा रहेका झन्झटका कारण मान्छेले आफ्नो आयको वैधता पुष्टि गर्न नसकेको चीजलाई नै कालो धन मान्न थालियो भने नेपालमा व्यापार–व्यवसाय गर्ने सबै मान्छेहरू कालो धनका शिकार हुन्छन्।’














