काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाभित्रका होटल तथा रेष्टुरेन्टहरुमा अव्यवस्थित तरिकाले हुक्का र चुरोट पिउन कडाइ गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले एक सूचना जारी गर्दै कानुनको पालना गरी चारैतिरबाट बन्द हुनेगरी अन्य कोही कसैलाई त्यसको असर नपर्नेगरी मात्रै पिउन सकिने बताएका छन् ।
जिल्ला प्रशासन कार्यालयले अनुगमन जारी राख्ने र उल्लंघन गरेको पाइए अधिकतम कारबाही हुने चेतावनी दिइएको छ ।














