Logo
Logo

यसरी मनाइयो ३२औं विश्व आदिवासी दिवस (तस्वीरहरु)


0
Shares

काठमाडौं । ३२औं विश्व आदिवासी दिवस काठमाडौं राजधानीमा विभिन्न कार्यक्रम आयोजना गरि मनाइएको छ । आदिवासी जनजाति आयोगको अगुवाइमा काठमाडौंको खुलामञ्चमा विशेष समारोह आयोजना गरी यो दिवस मनाइएको हो ।

दिवसका अवसरमा आयोजित कार्यक्रममा विभिन्न आदिवासी जनजाति समुदायले आ–आफ्नो मौलिक परम्परा, संस्कृति र पहिचान झल्किने झाँकीहरू प्रश्तुत गरेका छन् । सहभागीहरूले आफ्नो जातीय पहिचान अनुसारका मौलिक भेषभुषा र सांस्कृतिक प्रदर्शन गर्दै दिवस मनाएका हुन् ।

आदिवासी जनजातिहरूको हक, अधिकार र पहिचानलाई स्थापित गर्ने उद्देश्यका साथ हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । खुलामञ्चमा आयोजित उक्त समारोहमा विभिन्न समुदायको उल्लेख्य सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्