Logo
Logo

दक्षिण चीनमा भीषण बाढी : ४ हजार नागरिकलाई सुरक्षित स्थानमा सारियो


0
Shares

काठमाडौं । दक्षिण चीनको ग्वाङ्सी प्रान्तमा आएको टाइफुन नाराका कारण उत्पन्न भीषण बाढीपछि करिब ४ हजार स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।

ग्वाङ्सीको फाङचेनगाङ सहरस्थित साङ्सी काउन्टीमा बाढीले जनजीवन प्रभावित पारेपछि उद्धार टोलीहरूले चौबीसै घण्टा खटिएर उद्धार कार्यलाई तीव्रता दिएका छन् । टाइफुनको बढ्दो जोखिमलाई मध्यनजर गर्दै शनिवार राति उक्त क्षेत्रमा दोस्रो तहको चेतावनी जारी गरिएको थियो ।

स्थानीय अधिकारीहरूकाअनुसार आइतबार साँझसम्ममा प्रभावित क्षेत्रबाट करिब ४ हजार सर्वसाधारणलाई सुरक्षित रूपमा स्थानान्तरण गरिएको छ । बाढीले पु¥याएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको र उद्धार कार्य जारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्