Logo
Logo

लिङ्देनले गरेको कारबाही पत्रमै कमल थापाको शङ्का-‘फेक हो कि भन्ने लाग्छ’


0
Shares

काठमाडौं । राप्रपा नेता कमल थापाले राप्रपाले बागमती प्रदेशका तीन सांसदलाई गरिएको कारबाहीको निर्णयमाथि प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जालमार्फत थापाले भदौ ४ गतेपछि राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक नबसेको भन्दै तीन सांसदलाई पदमुक्त गर्ने निर्णय आएकोमा प्रश्न गरेका हुन् । 

उनले बागमती प्रदेश सभामा बुझाइएको पत्र ‘फेक’ नहोस् समेत भनेका छन् । उनले भनेका छन्, ‘गत भदौ ४ गतेपछि राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको कुनै बैठक बसेको छैन। यस्तो अवस्थामा यो निर्णय कसरी आयो, म आश्चर्यचकित भएको छु । यो पत्रमा कुन मितिमा बैठक बसेको हो भन्ने उल्लेख नभएको हुँदा ‘फेक’ हो कि भन्ने पनि लाग्छ । यो सत्य नहोस् ।’

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले हस्ताक्षर गरेको पत्र सोमबार प्रदेश सभा सभामुखलाई बुझाइएको थियो । पत्रमा पार्टीको निर्देशन र ह्विप उल्लङ्घन गर्दै बागमती प्रदेश सरकारमा सहभागी भएका तीन प्रदेशसभा राजु बिष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई पदमुक्त गरिएको उल्लेख थियो ।

यसअघि भदौ ४ मा बसेको राप्रपाको बैठकले बागमती प्रदेशका संसदीय दलका नेता उद्धव थापालाई पदमुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्