Logo
Logo

काँग्रेस महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता


3.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सुस्त देखिएको छ । गएराती ७ बजेदेखि सुरु भएको मतगणना आइतबार बिहान १० बजेसम्म १३३० मत गणना भएको छ ।

The current image has no alternative text. The file name is: nepali-congress-13.jpg

केन्द्रीय निर्वाचन समितिका अनुसार ५ मत बदर भएका छन् भने १३२५ मत सदर भएका छन् । केन्द्रीय कार्यालय सानेपाका तीनवटा स्थानमा भइरहेको छ । 

पछिल्लो अपडेटअनुसार डा.चन्द्रकान्त भण्डारीले ६७९ मत प्राप्त गरेका छन् भने मधु आचार्यले ३९३ मत प्राप्त गरेका छन् । त्यस्तै गोविन्द भट्टराईले ३४५, सुरेन्द्रराज पाण्डेले ३३७ मत पाएका छन् । दीपक गिरीले २६४ मत, धनराज गुरुङले २४० मत र डा। चन्द्रमोहन यादवले १३८ मत प्राप्त गरेका छन् । 

त्यस्तै उपसभापति (समावेशी) तर्फ विनोदकुमार चौधरीले ३८२ मतसहित अग्रता लिएका छन् भने जीवन परियारले ३३० मत, फरमुल्लाह मंसुरले १९० मत, सीता गुरुङले १७० र रञ्जित कर्णले १०७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, महामन्त्री (खुला) तर्फको मतगणनामा प्रदीप पौडेलले सबैभन्दा बढी ७८८ मत प्राप्त गरेका छन् । त्यस्तै, अमरसिंह पुन मगरले ४७८ मत पाउँदा उदयशमशेर राणाले ४५६ मत प्राप्त गरेका छन् । त्यस्तै, डा.सुनिलकुमार शर्माले ३२५ मत, गुरुराज घिमिरेले १९७, नैनसिंह महरले १४८ मत, शंकर तिवारीले २० मत र डा। सन्तोष उपाध्यायले १८ मत प्राप्त गरेका छन् । 

महामन्त्री ९महिला० तर्फ डा। डिला संग्रौला (पन्त) ले ५८३ मत प्राप्त गरेकी छन् भने महालक्ष्मी उपाध्याय (डिना) ले ५५७ मत प्राप्त गरेकी छन् । त्यस्तै रीता खनालले १५३ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्