Logo
Logo

नेकपा सरकारले अर्थतन्त्र गत वर्ष भन्दा नकारात्मक वनाएको पुष्टि


- दृष्टि न्युज/संवाददाता

0
Shares


नेपाल राष्ट्र बैंकले श्रावण देखि पुष मसान्त सम्मको नेपालको आर्थिक तथा वित्तिय स्थिति सार्वजनिक गरेकोछ । त्यस रिपोर्टका अनुसार नयाँ आर्थिक वर्षको ६ महिनामा नेकपा सरकारले देशको आर्थिक तथा वित्तिय स्थिति निराशाजनक र डावाडोल वनाएको देखिन्छ ।

यस आर्थिक वर्षको पुष मसान्त सम्ममा मूल्य वृद्धि ४.६ प्रतिशत पुगेको छ । जवकी भारतमा २.०५ प्रतिशत मात्रै मूल्य वृद्धि भएको छ ।

कूल वस्तु आयात ३०.५प्रतिशतले वृद्धि भएको छ । तर गत वर्ष सोही अवधीमा १९.४ प्रतिशत मात्रै वृद्धि भएको थियो । वस्तु निर्यात गत वर्ष सोही अवधीमा १३.५ प्रतिशतले वृद्धि भएकोमा यस वर्ष १०.३ प्रतिशतले मात्रै वृद्धि भएकोछ ।

कूल वस्तु व्यापार घाटा ६ महिनामा ३२.१ प्रतिशतले वृद्धि भई ६७८ अर्ब ५३ करोड पुगेको छ । गत सालको ६ महिनामा सेवा आय घाटा केवल १ अर्ब ४२ करोड रहेकोमा यस वर्षको छ महिनामा ९ अर्ब ४५ करोड पुगेकोछ । व्यापार घाटा छ महिनामा ६७८ अर्ब पुग्नु भनेको देशको अर्थतन्त्र डामाडोल हुन थालेको संकेत हो । १३१५ अर्ब वार्षिक वजेट भएको देशमा छ महिनामा ६७८ अर्ब व्यापार घाटा हुनु भनेको गम्भीर समस्या हो । यो भनेको दलाल पूँजीवादको हैकम रहेको स्पष्टोक्ति हो । व्यापार घाटा वढ्नुले देशमा रोजगारीको समस्या चर्किने, देशमा लगानी योग्य पूँजीको अभाव हुने, उद्योगहरुको विनास हुने आदि समस्याहरु थपिने हुन्छ । ६ महिनामा ६७८ अर्ब व्यापार घाटा हुनु भनेको वर्षमा देशको वजेट भन्दा पनि वढी १३५६ अर्ब व्यापार घाटा हुने र अर्थतन्त्र गम्भीर संकटमा जाने वाटोमा लाग्नु हो ।

पर्यटनवाट देशलाई ठुलो टेवा पुग्ने वनाउने भनि जति भाषण गरेपनि विदेशी पर्यटकवाट नेपालमा यस आर्थिक वर्षको छ महिनामा ८.१ प्रतिशत मात्रै वृद्धि भएर ३६ अर्ब ५० करोड आय भएको छ । तर नेपालीहरुले विदेशमा खर्च गरेको रकम ३०.८ प्रतिशतले वृद्धि भएर ४७ अर्ब ९९ करोड पुगेको छ । यसले नेपालमा लगानी योग्य पूँजीको अभाव वढ्न गई आर्थिक विकासमा समस्या पर्ने हुन्छ ।

गत आर्थिक वर्षको छ महिनामा शोधनान्तर घाटा ६ अर्ब ६६ करोड मात्रै भएकोमा यस आर्थिक वर्षको छ महिनामा वढेर ६३ अर्ब ६८ करोड पुगेको छ ।

प्रत्यक्ष वैदेशिक लगानी गत वर्ष छ महिनामा १४ अर्ब ३३ करोड रहेकोमा यस आर्थिक वर्षको ६ महिनामा ४ अर्ब ३६ करोड मात्र्रै रहेको छ ।

अमेरिकी डलर संचिति ०७५ असारमा १० अर्ब ८ करोड रहेकोमा घटेर ९ अर्ब ४१ करोडमा झरेको छ ।

०७५ असारमा नेप्से परिसूचक १२१२.४ रहेकोमा पुष मसान्तमा घटेर ११७८.० पुगेको छ । यसले नेपालको शेयर वजार ओरालो लागेको स्पष्ट गरेकोछ ।

गत वर्ष कर्जाको औषत व्याजदर ११.७९ प्रतिशत रहेकोमा यस वर्षको पुष मसान्तमा १२.२९ प्रतिशत पुगेकोछ । कर्जामा व्याजदर बृद्धिले आर्थिक गतिविधिमा सुस्तता ल्याउने गर्दछ । उत्पादक क्षेत्रमा लगानी अभाव र चर्को ब्याजदरले उद्योगीहरुलाई निरुत्साहित वनाएको छ ।

राष्ट्र बैंकको रिपोर्ट भनेको सरकारको आधिकारिक रिपोर्ट हो । यसले नै आर्थिक र वित्तिय अवस्था नकारात्मक रहेको मूल्यांकन रिपोर्ट सार्वजनिक गर्दा पनि सरकारले जनतालाई अर्थतन्त्र राम्रो भैरहेको भाषणवाजी गरिरहनु भनेको जनतालाई ढाँट्नु मात्र हो । वर्तमान अर्थमन्त्रीले मन्त्रालय सम्हालेको केही समयमा देशको अर्थतन्त्र र वित्तिय स्थिति गम्भीर,विकराल, डामाडोल आदि छ भनेर स्वतेपत्र जारी गरेका थिए । अहिले गत वर्षको त्यो स्थिति भन्दा पनि नकारात्मक र ओरालो लाग्न थालेको छ भनेर राष्ट्र बैकले नै रिपोर्ट सार्वजनिक गरिसकेको स्थितिमा अब जनतालाई ढाँट छल गर्नुको कुनै अर्थ रहेको छैन ।

सरकारले दलाल पूँजीवाद र नोकरशाही पूँजीवादलाई काखी च्यापेर राष्ट्रिय पूँजीवाद र समाजवादी अर्थतन्त्रको सामान्य खाका पनि नवनाइनुले नै आफैले नराम्रो भनेको गत वर्षको भन्दा पनि अर्थतन्त्र ओरालो लाग्न थालको हो । नेपाली कांगे्रस कै अर्थनीतिमा यो सरकार चलेकोछ । अर्थतन्त्र अझ गम्भीर समस्यामा पर्दै जाने स्पष्ट संकेत यस रिपोर्टले देखाएकोछ ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्