Logo
Logo

सामसुङ फैक्ट्री चीनमा वन्द हुनु र भारतमा खुल्नुको अर्थ


- दृष्टि न्युज/संवाददाता



सामसुङ फोन वनाउने फैक्ट्री चीनमा वन्द भएको छ भने भारतमा खुलेको छ । चीनको तियानजिन शहरमा रहेको सामसुङ फोन फैक्ट्री २०१८ डिसेम्वर ३१ देखि वन्द गरेको सो कम्पनिले घोषणा गरेको छ । सो फैक्ट्रीवाट वर्षेनि करीव १० करोड फोन उत्पादन हुने गरेको थियो । यसले करीव १ लाख पचास हजार चिनियाँ जनतालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी उपलब्ध गराएको थियो ।
तर भारतमा भने सो कम्पनीको फैक्ट्री खुलेको छ । सो कम्पनीले सन् २०१८ जुलाई महिनामा ठुलो फैक्ट्री भारतमा खोलेको छ । त्यसको उत्पादन क्षमता वर्षको १२ करोड फोन उत्पादन गर्ने रहेको छ ।


यस दुई घटनाले हाम्रा दुई छिमेकि देशमा नयाँ परिस्थिति वनेको देखा पर्दछ । चीनमा कुनैवेला सामसुङ फोन एक नम्वरमा विक्रि हुने फोन थियो । तर अहिले यसले वजारको केवल १ प्रतिशत मात्रै लिन सकेको छ । चीनमा चिनियाँ फोन कम्पनीहरुले आफ्नो क्षमता वढाएको र चिनियाँ जनता माझ चिनियाँ ब्राण्डका फोन प्रति नै आकर्षण वढेको वताइन्छ । यसले चीन गुणात्मक रुपले पनि पूँजीवादको नयाँ चरणमा प्रवेश गरेको देखाउँछ । नक्कल गरिएका कमसल र सस्तो सामान मात्र वनाउने भनि चिनिएको चिनियाँ औद्योगिक क्षमता, गुणात्मक रुपमा राम्रा र अन्तराष्ट्रिय ब्राण्ड संग प्रतिस्पर्धा गर्न सक्ने चरणमा प्रवेश गरेको देखिंदैछ ।


भारतले भने सस्तो र विदेशी ब्राण्डका सामानहरु वनाउने चीनको पहिलो चरणको ठाउँ लिन लागेको देखिंदैछ । विदेशी कम्पनीहरु चीन भन्दा अव भारतमा लगानी गर्न उत्सुक देखिएका छन् । यसले भारत र चीन उदाउँदो पूँजीवादी देशको रुपमा विश्व रंगमंचमा प्रवेश गरेको संकेत गर्दछ । यसले विश्वलाई वहुध्रुवीय वनाउनेछ र वजार तथा कच्चा पदार्थ र पूँजी लगानीका लागि विश्वमा प्रतिस्पर्धालाइ अझ तीब्र वनाउनेछ । यस्तो प्रंतिस्पर्धाले विश्व पूँजीवादी अर्थव्यवस्थामा नयाँ संकट ल्याउनेछ र नयाँ खाले युद्धहरु निम्तिने र उथलपुथल हुने सम्भावना वढ्ने हुन्छ ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्