Logo
Logo

बाटो काटिएला युट्युवमा रिलिज (भिडियो)


दृष्टि संवाददाता


काठमाडौं – नेपाली तारा दिपक लिम्वुको बाटो काटिएला बोलको म्युजिक भिडियो युट्युवमा रिलिज गरिएको छ । लिम्वुको आफ्नै अफिसियल च्यानलमा उक्त भिडियो शुक्रबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

भिडियोमा बादल श्रेष्ठ र प्रतिक्षा थापा मगरको मुख्य अभिनय रहेको छ भने कलाकार दीपक पछल्दंग्या र मौसम राईले पनि साथ दिएका छन् ।
भिडियोमा भर्जिन लोकेसनमा दुश्य कैद गरिएका छन् । उक्त भिडियोमा भोजपुरदेखी सुनसरी हिंडेको लाहुरे तन्नेरीको भावनालाई कैद गरिएको छ । पर्यटकिय नगर चतराको जल यात्रालाई पनि समेटीएको छ ।

तारा प्रकाश लिम्वुको संगित, वि। पाण्डेको शब्द, गोपाल रसाईलीको एरेन्ज रहेको छ । सुमन तामाङले क्यामेरा र ड्रोन चलाएका छन् भने बारत लिम्वुले सहनिर्देशन गरेका छन् । अनिल राणाको सम्पादन रहेको भिडियोमा भीषण राईको निर्देशन रहेको छ ।

पर्यटन प्रर्वद्धन गर्न आफूले भोजपुरदेखी सप्तकोशी नदि हुंदै चतरासम्मको मनमोहक दृश्यलाई भिडियोमा समेट्ने प्रयास गरेको निर्देशक भीषण राईको भनाई छ ।

भिडियो

 

प्रतिक्रिया दिनुहोस्