Logo
Logo

आदिवासी साहित्यकारहरुको लिम्बुवान राज्य तदर्थ समिति गठन


दृष्टि संवाददाता


काठमडौं, ९ फागुन । आदिवासी जनजाति साहित्यकार महासंघ लिम्बुवान राज्य तदर्थ समिति गठन गरिएको छ । लिम्बुवानको विर्तामोडमा शनिबार आदिवासी जनजाति साहित्यकारहरुको भेलाले मधुराज केरुङको संयोजकत्वमा १५ सदस्यीय लिम्बुवान राज्य तदर्थ समिति गठन गरेको हो ।

साहित्यकार महासंघका केन्द्रिय संयोजक पहिचान आन्दोलनका अभियन्ता एवम् साहित्यकार राजन मुकारुङ र सहसंयोजक टंक सेलिङको उपस्थितिमा लिम्बुवान राज्य तदर्थ समिति गठन गरिएको हो । समितिको सहसंयोजकहरु शिरेन बान्तवा, पार्वता पोमु, दावा शेर्पा रहेका छन् भने छत्र दर्लामी सचिव, सुनिता तामाङ सहसचिव र सुजन सेलिङ कोषाध्यक्ष रहेका छन् ।

त्यस्तै सदस्यहरुमा डा. छत्र माबो, अजित धिमाल, इक्साहाङ चेम्जोङ, अर्चना गुरुङ, इन्द्रसिंह राजबंशी, मन्जुल सुनुवार, निमा पोङसुवा भोटिया र जितेन साम्पाङ रहेका छन् । त्यस्तै जितेन पन्दाक र विराट किराती केन्द्रीय प्रतिनिधि सदस्यमा चयन भएका छन् भने सल्लाहकारहरुमा मुनाराज सेर्मा, सुमित्रा बाङदेल चेली र सेसेहाङ फियाक रहेको महासंघले जनाएको छ ।

आदिवासी जनजाति साहित्यकारहरुलाई एउटै छाता संगठनमा आबद्ध गराउने उद्देश्यका साथ गठित यो महासंघले आदिवासीहरुको आवाज र पीडालाई उजागर गर्ने जनाएको छ । आदिवासी पहिचान, भाषा, संस्कृति, अधिकार लगायतका क्षेत्रमा सशक्त साहित्यिक अभियान संचालन गर्ने नव गठित समितिका संयोजक मधुराज केरुङको भनाई छ । विभिन्न मुलुकमा प्रवास समिति रहेको यस महासंघको जिल्लासम्म संगठन विस्तार गर्ने र हाल विधान मस्यौदा बन्दै गरेकोसमेत महासंघले जनाएको छ ।

नव गठित समितिलाई साहित्यकार कृष्ण बरालले बधाइ तथा शुभकामना दिएका थिए भने साहित्यकार जितेन पन्दाकले कार्यक्रम संचालन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्