Logo
Logo

सातदोबाटोको संघर्षपूर्ण जीत


दृष्टि संवाददाता



काठमाडौं । शहीद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको सातदोबाटो युथ क्लबले साँघुरो जीत निकालेको छ । सोमबार भएको खेलमा सातदोबाटोले श्री भगवती क्लबलाई एकका विरुद्ध शून्य गोल अन्तरले पराजित गरेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सातदोबाटोलाई जित दिलाउन दोर्जे तामाङले निर्णायक गोल गरे । खेलको २५ औं मिनेटमा दोर्जेले पेनाल्टीमा गरेको गोल नै निर्णाय बन्न पुग्यो ।

जीतसँगै सातदोबाटोले लिगमा अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोले शीर्ष डिभिजनमा उक्लने मौका समेत बलियो बनाएको छ । जीतपछि सातदोबाटोले ८ खेलमा २२ अंक जोडेको छ । श्री भगवती ८ खेलमा ६ अंक जोडेर नवौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्