Logo
Logo

खुमलटारको सानदार जीत


दृष्टि संवाददाता


काठमाडौँ । शहीद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत बुधबार भएको दोस्रो खेलमा खुमलटार विजयी भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्पलेक्समा भएको खेलमा खुमलटारले ब्वाइन युनियनमाथि तीनका विरुद्ध शून्य गोल अन्तरले जीत निकालेको हो । जीतका लागि सविनले दुई र आयुशले एक गोल गरेका थिए ।

खेलको १९औँ मिनेटमा सविन केसीले गोल गर्दै खुमलटारलाई अग्रता दिलाएका थिए । ४३औँ मिनेटमा उनैले टिमका लागि दोस्रो गोल गरे । ७४औँ मिनेटमा आयुश घलानले टिमका लागि तेस्रो गोल गरे ।

जीतसँगै खुमलटारले शीर्ष स्थानमा रहेको सातदोबाटो युथ क्लबसँग अंक बराबरी बनाएको छ । सातदोबाटो युथ क्लबको ८ खेलमा २२ अंक छ भने खुमलटारको ९ खेलमा समान २२ अंक भएको छ । लिगमा तेस्रो स्थानमा रहेको बाँसबारीको ८ खेलमा १८ अंक छ । ब्वाइज युनियन क्लबको ९ खेलमा १४ अंक छ ।

गएको वर्ष कुनै पनि क्लबको रेलिगेसन पनि नहुने र माथिल्लो डिभिजनमा पनि नपुग्ने नियममा गरिएको लिगमा बाँसबारी र नयाँबस्ती पुछारमा रहेकाले अहिले १–१ अंक घटाइएको हो।

प्रतिक्रिया दिनुहोस्