Logo
Logo

अर्थमन्त्रीले फेरि झुठो तथ्यांक दिए


- दृष्टि न्युज/संवाददाता



अर्थमन्त्रीले पुनः झुठो तथ्यांक दिएर आफ्नो पालामा नेपाली अर्थतन्त्र राम्रो भएको देखाउन खोजेका छन् । वेलायत भ्रमणमा रहेका अर्थमन्त्री खतिवडाले भनेका छन्—“अहिले ७ प्रतिशत भन्दा माथिको आर्थिक वृद्धि हासिल भइरहेकोछ । इतिहासमा पहिलो पटक त्यति आर्थिक बृद्धि हासिल भएको हो ।” तर विश्व बैंकको तथ्यांकले अर्थमन्त्रीका दावीहरु झुठा सावित हुन्छन् ।

अर्थमन्त्री युवराज खतिवडा

विश्व बैंकको तथ्यांक अनुसार सन् २०१७ मा अर्थात गत आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक बृद्धि भएपनि यो भन्दा अगाडि पंचायत कालमा पनि विभिन्न समयमा ७ प्रतिशत भन्दा वढी दरले आर्थिक वृद्धि भएको देखिन्छ । सन् १९६४ मा ७.५ प्रतिशत, सन् १९६६ मा ७ प्रतिशत, सन् १९८१ मा ८.३ प्रतिशत, सन् १९८४ मा ९.६ प्रतिशत, सन् १९८८ मा ७.६ प्रतिशत आर्थिक वृद्धि भएको विश्व वैंकको तथ्यांकले देखाउँछ ।

तसर्थ सन् २०१७ मा भएको ७ प्रतिशतको आर्थिक वृद्धि दर नेपालको इतिहासमा पहिलो पटक त्यति ठुलो परिमाणमा भएको होइन । अर्थमन्त्रीले देश र जनतालाई झुठो तथ्यांकको सहाराले यसपटक पनि झुक्याउन खोजेका छन् ।

दोश्रो कुरा, सन् २०१७ मा ७ प्रतिशतले आर्थिक वृद्धि भएपनि यो भनेको देउवा प्रचण्ड गठवन्धन सरकारको वेलामा भएको हो । अहिले ओली सरकारको वेलामा अर्थात सन् २०१८ को आर्थिक वृद्धि दर करिव ६ प्रतिशत हुने अनुमान एशियाली विकास वैंकले गरेको छ । अर्को वर्ष ५.५ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने अनुमान एशियाली विकास वैंकले गरेको छ ।

अर्थमन्त्रीले आर्थिक वृद्धिदर ६ वा ७ प्रतिशत हुने कुरालाई नै खतिवडा कार्यकालमा नेपाली अर्थतन्त्र राम्रो भएको भनेर वेलायतमा भाषण गरेका छन् । के आर्थिक वृद्धि दरले मात्रै कुनैपनि देशको अर्थतन्त्र राम्रो वा नराम्रो भनेर निश्कर्ष निकाल्न सकिन्छ ? अर्थशास्त्रका सामान्य विद्यार्थीलाई पनि थाहा भएको कुरा हो कि आर्थिक वृद्धिदरले मात्रै अर्थतन्त्र कस्तो छ भनेर निश्कर्ष निकाल्न सकिन्न ।

किनभने अमेरिकाको आर्थिक वृद्धिदर कहिले २ प्रतिशत, कहिले ४ प्रतिशत भैरहेको छ । तर पनि अमेरिकाको अर्थतन्त्र नेपालको भन्दा धेरै राम्रो छ । अर्थमन्त्रीलाई यति जावो कुरा पनि थाहा नभएको हो र ? अर्थमन्त्रीले डाक्टरेट गरेको के काम लाग्यो ? के जनता झुक्याउन मात्र हो ?

अहिलेको गणतन्त्र भन्दा पंचायत कालमा अझ वढी आर्थिक वृद्धि दर रहेको विश्व वैंकको तथ्यांकले नै देखाएको छ । अहिले ६ वा ७ प्रतिशत आर्थिक वृद्धि भएकोमा पंचायत कालको सन् १९८४ मा ९.६ प्रतिशत आर्थिक वृद्धि भएको देखाएको छ । तर के त्यसो भन्दैमा फासिष्ट पंचायती मण्डले राजतन्त्र नै अहिलेको गणतन्त्र भन्दा राम्रो भन्ने निश्कर्ष निकाल्ने हुन्छ ? आर्थिक वृद्धिदरलाई मात्रै देखाएर अर्थतन्त्रका अरु सूचकहरु वारे विश्लेषण नगर्नु गैर माक्र्सवादी तरिका हो । यो तरिका भनेको दलाल पूँजीवादी अर्थशास्त्रको तरिका मात्रै हो ।

खतिवडा कार्यकालमा शोधनान्तर स्थिति, व्यापार घाटा, वैदेशिक लगानी, डलर संचिति, रोजगारी स्थिति आदि सबै सूचक गम्भीर स्थितिमा रहेको स्वयं सरकारी तथ्यांकले देखाएको छ । सरकारी ढुकुटी देउवाकाल भन्दा पनि रित्तो हुँदै गएको छ । विकास खर्च ६ महिनामा २२ प्रतिशत पनि गर्न सकेको छैन ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्